काठमाण्डौ । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तोयम रायलाई अर्थसचिव र रामप्रसाद घिमिरेलाई राजस्व सचिवको जिम्मेवार दिने निर्णय गरेको हो।
अर्थमन्त्री जिम्मेवारी पाएसँगै विष्णुप्रसाद पौडेलले दुवै सचिव फेर्न चाहेका थिए। अर्थमन्त्री पौडेलकै आग्रहमा अर्थसचिवमा रायलाई र राजस्व सचिवमा घिमिरेलाई ल्याइएको स्रोत बताउँछ।
हाल अर्थ सचिवका रुपमा कृष्णहरि पुष्कर र राजस्व सचिवका रुपमा रामेश्वर दंगाल कार्यरत छन्।
राय भने वाणिज्य सचिव र घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19