काठमाण्डौ । अर्थ मन्त्रालयले छ जना सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरेको छ ।
अर्थमन्त्री प्रकाश शरण महतको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको जिम्वेवारी हेरफेर भएको हो । स्रोतका अनुसार मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् ।
त्यस्तै सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, महालेखा शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरमा सरुवा गरेको छ ।
सहसचिव अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा गरिएको छ । त्यस्तै सहसचिव पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । अब सहसिचव महेश बरालले भने कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा रहने छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago