काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थ मन्त्रालयले सरोकारवालाबाट सुझाव माग गरेको छ।
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तर्जुसम्बन्धी काम सुरु भइसकेको जानकारी गराएको छ। यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारमाध्यम र आमनागरिकबाट बजेटबारे सुझाव पठाउन मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार वैशाख ५ गतेसम्म सुझाव पठाउन सकिनेछ। अर्थको वेबसाइटमा गई बजेट सुझावसम्बन्धी ट्याबबाट बजेटबारे सुझाव दिन सकिनेछ।
अर्थ मन्त्रालयको कार्यतालिकाअनुसार चैत १५ गतेसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेस गर्नेछन्। त्यसपछि अन्तरमन्त्रालय छलफल सुरु हुनेछ। यस छलफलमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19