काठमाण्डौ। अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ। 

अर्थ मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँको सहमति दिएको हो। यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख,  रामेछाप अस्पतालका लागि ७५ लाख,  चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुंगा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँको सहमति अर्थ मन्त्रालयले दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।