काठमाण्डौ । नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा पुँजीबजारबाट ४२ करोड ६ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको छ। जसमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले झन्डै ७० प्रतिशत बढी पुँजीगत लाभकर तिरेका छन्।
सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार गत साउनमा अल्पकालीन लगानीकर्ताले २६ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। यही अवधिमा दीर्घकालीन लगानीकर्ताले जम्मा १५ करोड ७० लाखमात्रै लाभकर तिरेका छन्। यस हिसाबले सरकारलाई पुँजीगत लाभकर तिर्नेमा अल्पकालीन लगानीकर्ताको हिस्सा ७० प्रतिशतको देखिएको छ।
यसले बजारमा लगानीकर्ताभन्दा ट्रेडर बढी भएको र थोरै–थोरै नाफा हुँदा पनि सेयर बेच्नेको जमात बढी भएको देखिएको छ।
गत आर्थिक वर्षदेखि सरकारले अल्पकालीन लगानीकर्ताबाट ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट ५ प्रतिशत लाभ कर उठाउँदै आएको छ। त्यसैगरी संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर बुझाउँदै आएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19