काठमाण्डौ । सरकारले अवैध मदिरा खरिदबिक्री गरेको पाइएमा प्रचलित कानुनीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टी प्यालेस, ब्यांक्वेट, रेस्टुरेन्टसमेतले अवैध रुपमा चोरीपैठारी भई आएका विभिन्न ब्रान्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवं प्रयोग गरिरहेको सम्बन्धीमा गम्भीर ध्यानाकर्षण भएको पनि विभागले जनाएको छ।
अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली, २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकटक लगाइएका मदिराहरुको मात्र खरिदबिक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोकेबमोजिमको स्थानमा अन्तःशुल्क टिकट टाँस गरेरमात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
यो व्यवस्थाविपरीत कोही कसैले मदिरा पैठारी, खरिद, बिक्री वा प्रयोगलगायतको कारोबार नगर्न नगराउन पनि विभाले सचेत गराएको छ। अनुगमनका क्रममा कोही कसैले कानुनी व्यवस्थाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19