काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार १५ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago