काठमाण्डौ । सरकारले आउँदो असोज १ गतेबाट देशभर दसैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो। यी पसलहरु साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। ती पसल असोज २४ गतेसम्म सञ्चालन हुनेछन्।
मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकासहितका ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४३ वटा र बाँकी ३८ वटा सहुलियत पसल साल्ट ट्रेडिङले सञ्चालन गर्नेछन्। यसका लागि दुवै कम्पनीलाई परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ।
छुट पसलमा हुने वस्तु र छुट हुने रकमको टुंगो लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। उपभोक्ताले सबै खाले खाद्यवस्तुमा कम्तीमा २ रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट दिने निर्णय कम्पनीले गरेको छ।
खाद्य कम्पनीका सहुलियत पसलमा खसी र च्यांग्रा खरिदमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ। यस वर्ष कम्पनीले दसैंका लागि ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने प्रारम्भिक तयारी गरेको छ।
यसैगरी कम्पनीले नुन प्रतिकिलोमा २ रुपैयाँ छुट पाइनेछ भने चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट प्रदान गर्नेछ।तोरीको र सनफ्लावरको तेलमा प्रतिलिटरमा ५ रुपैयाँ र भटमासको तेलमा लिटरमा १० रुपैयाँ छुट दिने निर्णय कम्पनीले गरेको छ।
खाद्यको काठमाण्डौका रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल हुनेछ। अन्य ३९ पसल उपत्यकाबाहिरका ४० जिल्ल्लामा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
साल्ट ट्रेडिङले भने सहुलियत पसल संख्या बिक्री गर्ने वस्तु र छुटबारे निर्णय गरिसकेको छैन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19