काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। असोजमा ३ वटा योजनाको न्याभ घटेको छ भने एउटाको मात्रै बढेको छ।  

असोजमा सेलेक्ट–३० को न्याभ घटेर १०.४० रुपैयाँ कायम भएको छ। गत भदौमा पनि न्याभ १०.४४ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड ६९ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ७६ करोड ९८ लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल घाटा ७ करोड १९ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल घाटा ६ करोड ७७ लाख रुपैयाँ थियो।

यसैगरी असोजमा डाइनामिक डेप्ट फन्डको न्याभ भने बढेर १०.०९ रुपैयाँ कायम भएको छ। गत भदौमा यो योजनाको न्याभ १०.०६ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ८८ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ४९ करोड ७० लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नाफा १ लाख ३३ हजार रुपैयाँ रहेको छ। गत भदौमा कुल घाटा १३ लाख ९५ हजार रुपैयाँ थियो।

असोजमा ग्रोथ फन्डको न्याभ घटेर ११.५० रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ११.६७ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७६ करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ७३ करोड ५ लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल नाफा ३ करोड २९ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नाफा ४ करोड ६८ लाख रुपैयाँ थियो।

यस्तै असोजमा ब्यालेन्सड् फन्डको न्याभ पनि घटेर १०.९७ रुपैयाँ नै कायम भएको छ। गत भदौमा पनि न्याभ ११.१० रुपैयाँ नै थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६३ करोड ३६ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ६१ करोड १५ लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल घाटा ७५ लाख ५१ हजार रुपैयाँ रहेको छ। गत भदौमा कुल नाफा २१ लाख ६२ हजार रुपैयाँ थियो।