काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि–५० र एनएमबि हाइब्रिड फन्ड एल–१को वित्तीय विवरण सार्वजनिक भएको हो। चारवटै योजनाको न्याभ घटेको छ। 

असोजमा सरल बचत फन्ड–इको न्याभ घटेर ८.८१ रुपैयाँ कायम भएको छ। गत भदौमा यो योजनाको न्याभ ९.२३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल लगानी घटेर १ अर्ब १५ करोड रुपैयाँमा झरेको छ। गत भदौसम्म कुल लगानी १ अर्ब १९ करोड रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल व्यय ९ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय ३ करोड ८५ लाख रुपैयाँ थियो।

असोजमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ पनि घटेर १०.३७ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.८२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल लगानी घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित बनेको छ। गत भदौसम्म कुल लगानी १ अर्ब २३ करोड लाख रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल व्यय बढेर १० करोड ८९ लाख रुपैयाँ पुगेको छ। गत भदौमा कुल व्यय ५ करोड ३४ लाख रुपैयाँ थियो। 

यसैगरी असोजमा एनएमबि–५० को न्याभ पनि घटेर १०.०४ रुपैयाँ कायम भएको छ। आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांश समायोजनपछि यो न्याभ कायम भएको हो। गत भदौमा न्याभ ११.९३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल लगानी घटेर १ अर्ब २२ करोड रुपैयाँमा सीमित बनेको छ। गत भदौसम्म कुल लगानी १ अर्ब ३३ करोड रुपैयाँ थियो।

असोजमा यो योजनाको कुल व्यय १० करोड ४ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय ५ करोड १४ लाख रुपैयाँ थियो।

असोजमा हाइब्रिड फन्ड एल–१को न्याभ पनि घटेर १०.१३ रुपैयाँ कायम भएको छ। आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांश समायोजनपछि यो न्याभ कायम भएको हो। गत भदौमा न्याभ ११.७९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेमा गरी कुल लगानी घटेर ८१ करोड ७२ लाख रुपैयाँमा झरेको छ। गत भदौ कुल लगानी ९९ करोड १५ लाख रुपैयाँ थियो। 

असोजमा यो योजनाको कुल व्यय ५ करोड ११ लाख रुपैयाँ रहेको छ। गत भदौमा यो योजनाको कुल व्यय ३ करोड ५६ लाख रुपैयाँ रहेको थियो।