काठमाण्डौ । अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर असोज १७ गतेबाट बिक्रीमा राखिने भएको छ। 

कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतम सेयर संख्यामा भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २४ गतेसम्म तोकिएको छ।