काठमाण्डौ । दसैँका लागि यातायात व्यवसायीले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने तयारी गरेका छन्। 

दसैँका लागि बसको टिकट बुकिङ खोल्ने विषयमा यातायात व्यवस्था विभागले आज बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको छ । छलफलमा यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने प्रस्ताव गर्नेछन्। आजको छलफलपछि टिकट बुकिङ खोल्ने मिति निश्चित हुनेछ। 

यसअघिका वर्षहरुमा घटस्थापनाको एक साताअगाडिबाटै बसको टिकट बुकिङ खुला गरिन्थ्यो। तर, धेरै अगाडिबाट टिकट बुकिङ खुला गरेर खासै अर्थ नराख्ने निष्कर्षमा यातायात व्यवसायीहरु पुगेका छन्।