काठमाण्डौ । ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल आउँदो असोज १ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहुलियत पसल असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो। मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउन सहुलियत पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

विगतमा ठूला चाडपर्वका बेला उपभोक्ताको सहजताका लागि सहुलियत पसल सञ्चालन हुँदै आएका थिए। 

बैठकले छठ सकिएको एक सातासम्म त्यस्ता सहुलियत पसल सञ्चालनमा हुनेछन्।