काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले पौने ११ लाख कित्ताबराबर संस्थापक सेयर असोज २० गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।
कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलाममा बेच्न लागेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल पेस गर्न सक्नेछन्।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन दिने अधिकतम सेयर संख्याका कुनै हद तोकिएको छैन।
सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र कात्तिक ४ गते बैंकिङ सयमसम्म पेस गर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19