काठमाडौं । एकपछि अर्को गर्दै प्राथमिक बजारमा इन्स्योरेन्स कम्पनीका आइपीओहरु निश्कासन हुन थालेका छन् ।
हिजो निश्कासन बन्द भएको जनरल इन्स्योरेन्सको आइपीओमा अचाक्ली आवेदन परेको थियो । यो आइपीओको बाँडफाँड लगत्तै फेरि अर्को निर्जीवन बिमा कम्पनीको आइपीओ पनि आउने भएको हो ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो ।
यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।
यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ ।
कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ ।
सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिट लिमीटेड रहेको छ ।
यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइन्छ । तर, इन्स्योरेन्स कम्पनीको आइपीओमा अचाक्ली आवेदन पर्ने हुनाले १ हजार रुपैयाँको आवेदन दिनु नै बुद्धिमानी हुनेछ ।
हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago