काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले अहिलेकै आर्थिक समस्या कायमै रहे धितो लिलामीका सूचना झनै बढ्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा अग्रवालले पुसपछि अहिलेकै अवस्था भए धितो लिलामीका सूचनाले पत्रपत्रिका झनै भरिभराउ हुने बताएका हुन्। ‘भएको सम्पत्ति बैंकको नाममा छ’, उनले भने, ‘पुसमा ब्याज तिर्न गाह्रो हुने देखिन्छ, त्यसैले धितो लिलामीको सूचना झनै बढ्ने देखिन्छ।’
अग्रवालले उच्च ब्याजदर र तरलता संकटले निजी क्षेत्र समस्यामा परेको बताए। ‘कोभिडले २० प्रतिशत तरलता संकुचित भयो’, उनले भने, ‘लागत उच्च भएको छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19