काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आज सोमबार साँझसम्म ११ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ।
यो कमपनीले जेठ २० गतेदेखि अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा १२ लाख ७५ हजार ७४० आवेदकबाट १ करोड ५४ लाख १६ हजार १६० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। यो मागभन्दा ११.२९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्कासन बन्द भदौ २५ गते हुनेछ।
यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।
कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ प्रोजेक्ट निर्माण गरिरहेको छ। दुवै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमामा पर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago