काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटीसहित विभिन्न विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान १० बजे मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको मोडालिटीसहित कोरोनाभाइरस रोकथामका उपाय, विदेशमा अलपत्र नेपालीका समस्यालगायतका विषयमा छलफल हुने बताइएको छ। 

‘लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुन्छ’, एक मन्त्रीले भने, ‘विदेशमा रहेका नेपाली कसरी नेपाल फर्काउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ।’