काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर धितोपत्र दोस्रो बजारमा आज असोज ५ गतेदेखि कारोबारमा आउने भएको छ।
हिजो असोज ४ गतेबाट ३ वर्षको लकइन अवधि समाप्त भएपछि स्थानीयले किनेको सेयर आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको हो।
कम्पनीले २०७५ असोज ४ गते आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँड गरेको थियो । उक्त मितिले हिजो असोज ४ गते ३ वर्ष पुगेपछि लकइन अवधि समाप्त भएको हो।
यसैगरी सोही कम्पनीको संस्थापक समूहको ६० लाख कित्ता सेयर भने यही असोज १२ गतेबाट कारोबारमा आउने भएको छ। कम्पनीले सर्वसाधारणलाई २०७५ असोज ११ गते आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मिति आउँदा असोज ११ गते ३ वर्ष पूरा हुने भएकोले असोज १२ गतेदेखि संस्थापक समूहको सेयर पनि कारोबारमा आउने भएको हो।
धितोपत्र दोस्रो बजारमा हाल सर्वसाधारणलाई बिक्री गरिएको साधारण सेयर कारोबार भइरहेको छ। हिजोको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता सेयर ३४८ रुपैयाँ कायम भएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19