काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि असार २२ गतेदेखि आवेदन खुला गरिएको छ । 

गत साता नेपाल धितोपत्र बोर्डले आईपीपीओ निकाल्न अनुमति दिएसँगै आँधीखोला लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ४ करोड मूल्यको आईपीओका लागि आवेदन खुला गरेको हो । 
स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्री कार्यालय रहेको आँधी खोलाले कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ भने बाँकी ३ लाख ७५ हजार सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले कम्तीमा १० र अधिकतम २ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीले आईपीओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २५ गते र ढिलामा साउन २० गतेसम्मका लागि तोकेको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । 

यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।