काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज बुधबार अन्तिम अवसर रहेको छ ।
नेपाल धितोपत्र बोर्डले आईपीपीओ निकाल्न अनुमति दिएसँगै आँधीखोला लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ४ करोड मूल्यको आईपीओका लागि गत आइतबारदेखि आवेदन खुला गरेको हो । आवेदन खुलाएको तीन दिनमै (मंगलबारसम्म) कुल मागभन्दा १२.३६ गुणा बढीले आवेदन परेको छ ।
कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेडका अनुसार मंगलबारसम्म २ लाख ६४ हजार ८२० आवेदन परेका छन् । जसमा ४६ लाख ३८ हजार ४०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्री कार्यालय रहेको आँधीखोला लघुवित्तले कुल आईपीओमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ भने बाँकी ३ लाख ७५ हजार सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
लगानीकर्ताले कम्तीमा १० र अधिकतम २ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले आईपीओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २५ गते र ढिलामा साउन २० गतेसम्मका लागि तोकेको छ ।
यो कम्पनीको आईपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।
यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago