काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सोमबार बिहान बाँडफाँड हुने भएको छ ।
निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड हुने भएको हो ।
यो कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता साधारण सेयर निश्कासन गरेको थियो ।
आइपीओमा कुल ३ लाख ८ हजार ४१४ आवेदकबाट ५४ लाख ५७ हजार ३४० कित्ता खरीदका लागि आवेदन परेको थियो ।
कुल निश्कासित कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ १० कित्ताको दरले कुल आवेदकमध्ये ३७ हजार ५०० भाग्यमानीले मात्र सेयर पाउनेछन् । २ लाख ७० हजार बढी आवेदकको हात रित्तो हुनेछ ।
स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तले कुल आईपीओमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ ।
यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago