काठमाण्डौ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ। 

अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजेदेखि १ घण्टाका लागि लागू गरिएको छ। यस स्किमअन्तर्गत ग्राहकले आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ। क्यासव्याकको सीमा रु. २ हजारसम्मको रहेको छ भने यो अफरमात्र पहिलो १०० खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ।

स्किम सार्वजनिक कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनका लागि ५०% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए। 

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंँ यो स्किममा पनि नियम र सर्तहरु लागू हुनेछन। सबै प्रयोगकर्ता आइएमई पेका माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकका लागि योग्य छन्। आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घन्टाभित्र क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो स्किममा आईएमई पे पन्जीकृत मोबाइल नम्बरमात्र सहभागिताको लागि योग्य हुनेछन्।