काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई  पे’ ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ। 

पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त रु. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ। यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकोले आइएमई पेले यात्रुलाई हवाई उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजना प्रस्तुत गर्दै आएको छ।

नयाँ योजनाअनुसार हवाई उडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाई टिकट प्रदान गर्नेजस्ता योजनाहरु आईएमई पेले ल्याउने गरेको छ। 

योजनामा कम्पनीले निश्चित सेवा र सर्तहरु निर्धारण गरेको छ। पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले मात्र यो अफरमार्फत छुट पाउनेछन् भने फर्स्ट टाइम युजर्सले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकका साथै रु. ३०० अतिरिक्त छुट पाउनेछन्। अरु प्रयोगकर्ताले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्नेछन्।