काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको छ।

‘आइएमई पे’ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ। 

उक्त बोनस रकम अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।