काठमाण्डौ । आइएमई पेले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुआत गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिंक गरी राख्न सक्नेछन्। यसका लागि ग्राहकले आइएमई पेमा रहेको ‘लिंक भाया कनेक्ट आईपीएस’ छनौट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ । यसरी लिंक भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रुपमा गर्न सकिनेछ। 

‘आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसारको अन्तरआबद्धमा पनि ठूलो टेवा पुर्याउने उद्देश्यका साथ यो सेवा ल्याइएको हो’ आइएमई डिजिटल सोलुसनको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।