काठमाण्डौ । आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको हो।

यस अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ। 

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्तालाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पेले सो अफर आफ्नो सम्पूर्ण ग्राहकलाई समर्पित गरेको छ। कम्पनीले यस अफरको नियम तथा सर्तस्वरुप हरेक प्रयोगकर्ताले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रु. १०० क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रु. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ। 

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटल सोलुसनले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आइरहेको र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन्। यसले व्यक्ति–व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।  यस सेवाअन्तर्गत वालेटमा ब्याज र क्यासब्याक सुविधासहित विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने विश्वसनीय वित्तीय सेवासमेत समावेश गरिएको छ। १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष रुपमा ‘आइएमई पे’ सेवामा आबद्ध गरी आफ्नै मोबाइल तथा आइएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ।