काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट–२०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै ‘विकेट टु विन’ नामक अफर सार्वजनिक गरेको छ।

आज भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म ५ दिनसम्म चल्ने यो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोडको प्रयोग गरी रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै यो अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एकजनाले डिसहोमको फाइबर नेटको १ वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन्। 

यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए।