काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’मा  ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइटको लन्चका अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ। यसका साथै अन्य अल्टिमाका gadgets मा आइएमई पेमार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका  सीइओ प्रविन रेग्मीले दिएका छन्।