काठमाण्डौ । आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ।

ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै– कर भुक्तानी, लोकसेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिनेछ। 

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त सुविधा जारी गरिएको हो। 

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नेछन्।