काठमाण्डौ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ। 

बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।  अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आमसेवाग्राहीका लागि सार्वजनिक गरिएको यस फिचरका लागि प्रयोगकर्ताले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ। पुराना प्रयोगकर्ताले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गई दायाँपट्टि रहेको इन (ईएन) संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन्। नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्नेछन्। 

यसपश्चात प्रयोगकर्ताले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पेमार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्नेछन्। विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नका साथै प्रयोगकर्ताले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिनेजस्ता नवीनतम सेवासुविधा आइएमई पे एपमा उपलब्ध छन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।