काठमाण्डौ । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच छुटसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार ग्राहकले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामान खरिद गर्दा १०% छुट (एकपटकमा अधिकतम रु. २०० सम्म) प्राप्त गर्न सक्नेछन्। 

यो अफर आइएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दामात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ। ग्राहकहरुले यस अफर अवधिभरि काठमाण्डौ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरका साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।