काठमाण्डौ । आइएमई पे र चन्द्रागिरी हिल्सबीच फिल द एअर नामक अफर सार्वजनिक गरिएको छ।

अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताले चन्द्रागिरी केबलकारको टिकट आइएमई पे एपमार्फत काट्नु भए चन्द्रागिरी हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्नुहुनेछ।

सीमित समयका लागिमात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्नेछन्। हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरी केबलकारको निःशुल्क इभिनिङ (साँझमात्र लागू हुने) टिकट जित्ने मौका पनि पाउनेछन्। उक्त टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ।   

यसका साथै यी दुई कम्पनीबीच प्रणय दिवसका अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ। माघ २८ गतेदेखि फागुन १ गतेसम्म आइएमई पे एपबाट चन्द्रागिरी केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरीमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन्। यो अफरको विजेताहरुको घोषणा एवं सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सक्नेछन्।