काठमणडौ । आइएमई पे र कन्काई नगरपालिकाबीच सहकार्य गर्ने समझदारी भएको छ। 

समझदारीअनुसार नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ। 

भुक्तानी संयन्त्रका रुपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।