काठमाण्डौ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र एभरेष्ट बैंक लिमिटेडबीच बैंक खाता लिंक गर्न मिल्ने सम्झौता भएको छ।

डिजिटल सहजताका लागि गरिएको यस सम्झौतापश्चात सेवाग्राहीले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन्।

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिंक–अपका निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायतका फाइदाहरु रहेका छन्।

आइएमई पेमा बैंक लिंक गरेपश्चात सेवाग्राहीले आफ्नो सुविधाअनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले सीधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन्। यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ। 

सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक नेपालको भरपर्दो र व्यवसायिक कार्यक्षमता भएको बैंक मानिन्छ। भारतको पञ्जाब नेसनल बैंकसँग संयुक्त साझेदार रहेको यस बैंकले सेवाग्राहीका साथै समाजको अरु क्षेत्र जस्तै– व्यापार, कृषि तथा उद्योगमा पनि लगानी तथा अरु त्तिीय सुविधाहरु प्रदान गर्दै आएको छ। 

एभरेष्ट बैंकको नेपालभरि ९८ वटा शाखा, १२८ वटा एटीएम बुथ, ३१ वटा राजस्व संकलन र ३ विस्तारित काउन्टर छन्।