काठमाण्डौ। आइएमई पे र मिस युनिभर्स नेपाल (एमयूएन) २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ। जनताको छनौटका माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे एमयूएन २१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको छ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल (एमयूएन) ले २०२१ का लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ। यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टरफाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगी ताजका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहनेछ। जसअन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एपमार्फत हुनेछ। सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ। 

प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुका लागि उत्तिकै महत्वपूर्ण छ, जति प्रतियोगिहरुका लागि। तसर्थ, यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलन्द पार्नेछ भन्ने आइएमई पेको विश्वास छ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय र व्यापक रुपमा प्रयोग गरिएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडि बढाउन मद्दत गर्ने साधन बनेर आएको छ। अघिल्लो वर्षजस्तै, क्वार्टर फाइनलका लागि जजिङ स्कोर र भोटिङ मिलाएर औसत अंक निर्धारण गरिनेछ। तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ। डिजिटल भुक्तानी साझेदार, आइएमई पेअन्तर्गत सञ्चालन हुने एमयूएन २०२१ भोटिङको पूर्ण विवरण यस्तो रहेको छ। 

टप ५०, क्वार्टरफाइनल

○ सबै प्रतियोगीहरुको टास्क १ (स्विमसुट राउन्ड) र टास्क २ (जजसँग अन्तर्वार्ता) का आधारमा समीक्षा गरिनेछ।

○ जजबाट प्राप्त अंकको भार ५०% रहनेछ, जसलाई आईएमई पे मा प्राप्त कुल मतसँग मिलाएर औसत अंकको निर्धारण हुनेछ।

सेमिफाइनल र फाइनल

○ सेमिफाइनलिस्टको घोषणापछि फाइनलका लागि भोटिङ सुरु हुनेछ।

○ भोटिङ ग्रान्ड फाइनलसम्म जारी रहनेछ। आइएमई पेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटका रुपमा सुरक्षित रहनेछ।

○ प्रेस प्रस्तुतिपश्चात २१ अक्टुबरमा ‘सोसल इम्प्याक्ट लिडर’का लागि भोटिङको घोषणा गरिनेछ। जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एन्ड ब्युटिफुल सोसल एड्भोकेसीका रुपमा सुपरिचित थियो। आइएमई पेमा आफ्नो सामाजिक अभियानका लागि सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाका रुपमा सुरक्षित रहनेछ।

आइएमई पेमा युनिभर्स नेपाल २०२१ को भोटिङ खुल्ने प्रतीक्षा गर्नुहोस् र आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढ्न मद्दत गर्नुहोस्। पहिलो भोट निःशुल्क हुनेछ।

मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले अक्टोबर ३० मा मिस युनिभर्स नेपाल २०२१ को विजेतालाई ताज पहिराउने छिन्। ‘कार्यक्रमको टिकटका बारेमा थाहा पाउन हाम्रा विभिन्न सामाजिक सञ्जालमा हामीसँग जोडिनुहोस्’, आएमई पेद्वारा विज्ञप्तिमा भनिएको छ। 

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। 

विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।