काठमाण्डौ। आइएमई पेले आफ्नो प्रयोगकर्ताका निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ।

आमउपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो। स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएका कारण उपभोक्तालाई सहज भुक्तानीका लागि आइएमई पेले स्क्यान एनी क्यूआर अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ। यसै अभियानअन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ। 

यसका साथै प्रयोगकर्ताले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनेछन्। छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन्। सोही क्याम्पियनमा आइएमई पे मोबाइल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) पाउनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयका लागि मात्र १० प्रतिशत छुट पाउनेछ। यो अफर सीमित अवधिको लागिमात्र लागू हुनेछ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक एक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।