काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ले मोबाइल रचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ। 

डिजिटल भुक्तानीका लागि मुख्य रोजाइमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरुको भुक्तानीका साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ। यसै सेवामा थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो। यस अफरका साथ अब सेवाग्राहीले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउनेछन्। 

यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एकजना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन्। सोका लागि सेवाग्राहीले महिनाभरि कम्तीमा रु. ५० को १० टप–अप गर्नुपर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन्।

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।