काठमाण्डौ । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ।

नेपालीहरुको महान चाड दसैँतिहारका अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन्। हालका लागि ३ महिनाका लागिमात्र गरिएको यस सम्झौतामार्फत ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफँैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुबिधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।