काठमाण्डौ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपालीको महान चाड दसैँ–तिहारका अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल होस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन्। 

हालको निम्ति १ वर्षका लागिमात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँतिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।