काठमाण्डौ । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आमजनमानसको पहुँचसम्म पुर्याउनका लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएको छ। 

सम्झौताअनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन्।

सम्झौता कार्यक्रममा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे र  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भएपश्चात सेवाग्राहीलाई डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार ब्यक्त गरे। 

त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिबद्ध रहेको र यो सम्झौतापश्चात  सेवाग्राहीलाई डिम्याट खाता र मेरो सेयर नवीकरणसँग सम्बन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार व्यक्त गरे। 

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्तालाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत रू. १ सयमा १०० रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।