काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ।

सोही योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीका लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (रु. ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ। उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरु अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरुले क्यासब्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने खुसियाली व्यक्त गरे। 

उक्त अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन्। यो एकपटकको वैध योजना हो, जसको अर्थ प्रतिप्रयोग १ क्यासब्याक हुनेछ। प्रयोगकर्ताले ३०० रुपैयाँसम्ममात्र २०% छुट पाउन सक्नेछन्। 

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।  नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।  यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।  मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। 

विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।  १५ लाखभन्दा बढी ग्राहकले सीधै ‘आइएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आइएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ।