काठमाण्डौ। आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ। सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहुनेछ। 

‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाण्डौ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमका वीच सार्वजनिक गरिएको हो। 

अफरअन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सीधै रकम पठाउन सकिन्छ। अफर अवधिमा हरेक दिन ५ जनालाई रु. १ हजार, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीलाई रु. २५ हजार तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रु. १ लाख ५० हजार रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ।

अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीले आइएमईप्रति दर्शाउँदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरले आमसेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ। सेवा र सर्तहरुअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहक यस अफरमा सहभागी हुन योग्य हुनेछन्। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। 

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ। योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ।