काठमाण्डौ । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ।

आइएमई पे एपका प्रयोगकर्तालाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरुका लागि निःशुल्क उडान टिकट पाउने अफर ल्याएको हो। 

हरेक वर्ष हवाई उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको संख्या बढिरहेको देखिन्छ। यात्रुलाई सुलभ एवं सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो। निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे–फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्वपूर्ण स्थान छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुले मात्र सो अफरमा सहभागी हुन पाउनेछन्। यो अफर सीमित अवधिका लागि मात्र चल्नेछ। अफर अवधिभरि ४ जना भाग्यशाली विजेताहरु छानिनेछन्। जसमध्ये हरेक बिजेताले २ जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन्। भाग्यशाली विजेताहरुले उल्लेखित गन्तव्यमध्ये एउटा रोज्न पाउनु हुनेछ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धन गरिएको आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सन् १९९८ मा एउटा एयरक्राफ्टबाट नेपालमा आन्तरिक हवाई उडान सेवा सुरु गरेको यती एयरलाइन्स आज दुई दशकभित्र देशकै ठूलो आन्तरिक एयरलाइन्स अपरेटर हुन पुगेको छ। तारा एयरसँग मिलेर यती एयरलाइन्सले नेपालभरि साना–ठूला सम्पूर्ण विमानस्थलमा हवाई उडान सेवा प्रदान गर्दै आएको छ। ग्राहकलाई सुरक्षित र अनुसुचित समयमै उडान सेवा प्रदान गर्न प्रतिबद्ध  यती एयरलाइन्सले सदैव आफ्नो सेवामा ग्राहकको सहजतालाई प्राथमिकता दिने गरेको छ।

तारा एयरसँगै यती एयलाइन्सले पूर्वमा भद्रपुरदेखि पश्चिममा धनगढीसम्म साथै अन्नपूर्ण र सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइटको सेवा पनि प्रदान गर्दै आएको छ।