काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आइएमई लिमिटेडलाई (इक्राएनपी–आईआर) ए निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) ए प्लसको स्थिति (इक्राएनपी–आईआर) एभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) ए माइनसको स्थिति (इक्राएनपी–आईआर) एभन्दा एक चिह्न तल रहन्छ।