काठमाण्डौ। आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ। 

हालै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो। सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताहरुको खरिदमा अब आइएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि रु. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ। 

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारका तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्। 

भोलि वैशाख २३ गते (शुक्रबार)देखि सुरु हुने यो सीमित समयको अफर हो। जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा ३० प्रतिशतदेखि रु. ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरुमा स्मार्ट क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिनेछ। 

उक्त योजनाका बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले भने, ‘आइएमई पे र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएका छौँ र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त छौँ।’

गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले भने, ‘आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु।’