काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।

भट्टले आफ्नो बैंकिङ्ग करिअर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेका छन् ।

त्यसपछि भट्टले मेगा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए ।

पछिल्लो समय भट्ट बिभिन्न बैंक तथा बित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध  रहँदै आएका थिए ।

भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुखकार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुखकार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै भट्टले आफूसँग रहेको कार्यानुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू प्रतिबद्ध  रहेको बताएका थिए ।