काठमाण्डौ । आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले २५%सम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा निसर्ग अस्पतालका तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा–सुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा सुविधाबमोजिम ५% देखि २५% सम्म छुट प्रदान गरिनेछ। सो छुट १ वर्षका लागि लागू हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19