काठमाण्डौ । आइक्यानले सूचीकृत भएका तथा नभएका कम्पनीहरुको लेखापरीक्षण गर्दा लिने न्यूनतम लेखापरीक्षण शुल्क निर्धारण गरेको छ।
अब ५० अर्बभन्दा माथिको कारोबार गर्ने सूचीकृत तथा सार्वजनिक सस्थाहरुले २० लाख रुपैयाँ न्यूनतम लेखापरीक्षण शुल्क बुझाउनुपर्नेछ। निजी कम्पनी तथा प्रचलित कानुनबमोजिम स्थापना भएका अन्य संस्थाले ५० अर्ब रुपैयाँ माथिको कारोबार गर्दा भने १५ लाख रुपैयाँ न्यूनतम लेखापरीक्षण शुल्क बुझाउनुपर्नेछ।
यसैगरी सूचीकृत तथा सार्वजनिक संस्थाले १० अर्ब माथिको कारोबार गर्दा १० लाख रुपैयाँ, ५ अर्ब बढीको कारोबार गर्दा ५ लाख रुपैयाँ, १ अर्बभन्दा माथिका कारोबार गर्दा ३ लाख रुपैयाँ, ६० करोड माथिको कारोबार गर्दा २ लाख रुपैयाँ, १५ करोड र २ करोड माथिको कारोबार गर्दा सूचीकृत कम्पनीको न्यूनतम शुल्क लाग्ने आइक्यानले जनाएको छ।
यसैगरी कानुनबमोजिम स्थापना भएका अन्य संस्थाले १० अर्ब माथिको कारोबारमा ८ लाख रुपैयाँ, ५ अर्ब बढीको कारोबार गर्दा ४ लाख रुपैयाँ, १ अर्बभन्दा माथिका कारोबार गर्दा २ लाख ५० हजार रुपैयाँ, ६० करोड माथिको कारोबार गर्दा १ लाख ५० हजार रुपैयाँ, १५ करोड माथिको कारोबारमा १ लाख रुपैयाँ र २ करोड माथिको कारोबार गर्दा ४० हजार रुपैयाँ न्यूनतम शुल्क लाग्ने आइक्यानले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago