काठमाण्डौ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेडले नगदरहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । 

यो सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उद्देश्यसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्जबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्ज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ । 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्जका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका थिए ।